Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झापामा अति भारी वर्षा, बाढीबाट बच्न आग्रह

झापामा अति भारी वर्षा, बाढीबाट बच्न आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७९ शुक्रवार • ०९:३८:४७ बजे
  • 787
    SHARES
  • झापामा अति भारी वर्षा, बाढीबाट बच्न आग्रह

    झापाका विभिन्न स्थानमा गए रातीदेखि भारी वर्षा भएको छ ।

    images

    जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो । बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ ।

    तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले यी स्थानमा पनि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # झापामा अति भारी वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology