Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दमौलीमा डेङ्‌गुका सात बिरामी भेटिए

दमौलीमा डेङ्‌गुका सात बिरामी भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७९ शुक्रवार • १०:३०:०९ बजे
  • 646
    SHARES
  • दमौलीमा डेङ्‌गुका सात बिरामी भेटिए

    तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्‌गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्‌गुका बिरामी भेटिएका हुन् ।

    images

    पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्‌गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिए ।

    उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियाँलगायतका बिरामी अत्यधिक आउने गरेका छन् ।

    बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन जनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिए । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन् । उनले भने, “बिरामीको अवस्था गम्भीर देखिएमात्र अन्यत्र अस्पतालमा रिफर गरिनेछ ।”

    रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताए ।

    लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology