Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुन्न र बोल्न नसक्ने महिलालाई विवाह प्रस्ताव, राति बोलाएर बलात्कारपछि हत्या

सुन्न र बोल्न नसक्ने महिलालाई विवाह प्रस्ताव, राति बोलाएर बलात्कारपछि हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७९ शनिवार • १०:२०:२१ बजे
  • 1.2K
    SHARES
  • सुन्न र बोल्न नसक्ने महिलालाई विवाह प्रस्ताव, राति बोलाएर बलात्कारपछि हत्या

    लमजुङमा बिबाह अस्वीकार गर्दा सुन्दरबजार नगरपालिका– १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि हत्या भएको छ।

    images

    स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ।

    उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही स्थानका सुनार र अछामीबीच विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको पाइएको छ। साउन १० गते मंगलबार साँझदेखि बेपत्ता भएकी लीला अछामीको बिहीबार दिउँसो खड्केपानीस्थित सामुदायिक वनमा शव भेटिएको थियो।

    बोल्न नसक्ने र कान पनि नसुन्ने अछामी लेख्न र सांकेतिक भाषामा कुरा गर्न जान्दथिन् ।

    सुनारले मंगलबार राति भेट्न बोलाई युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए। शारीरिक सम्बन्धपछि युवतीले आफूसँग विवाह गर्न भनेपछि सुनारले हत्या गरेकाे बताइएको छ ।

    यो खबर आजको राजधानी दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology