Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यु २० साफ : बंगलादेश शीर्षस्थानमा, भारतको पहिलो जित

यु २० साफ : बंगलादेश शीर्षस्थानमा, भारतको पहिलो जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७९ शनिवार • १०:२७:४९ बजे
  • 1.1K
    SHARES
  • यु २० साफ : बंगलादेश शीर्षस्थानमा, भारतको पहिलो जित

    यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् ।

    images

    भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

    लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।

    जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगालादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल खेल्दा पनि अंकविहिन रहेको माल्दिभ्स तालिकाको चौथो स्थानमा छ । यता, शुक्रबारै भएको पहिलो खेलमा भारतले पहिलो जित निकाल्ने क्रममा श्रींलकालाई ४–० ले पराजित गरेको थियो ।

    भारतसँग पराजित भएको श्रीलंका भने तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० ले र दोस्रो खेलमा नेपालसँग ३–० ले पराजित भएको थियो ।

    भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई, हिमान्सु जान्ग्रा र गुरकिरत सिंहले समान एक गोल गरे । जितसँगै दुई खेलबाट तीन अंक जोडेको भारत तेस्रो स्थानमा छ ।

    यसअघि भारत पहिलो खेलमा बंगलादेशसँग २-१ अन्तरले पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # भारतको पहिलो जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology