Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रसुवामा सम्बन्धविच्छेद बढ्दो

रसुवामा सम्बन्धविच्छेद बढ्दो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७९ शनिवार • ११:००:३२ बजे
  • 607
    SHARES
  • रसुवामा सम्बन्धविच्छेद बढ्दो

     हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ ।

    images

    रसुवा जिल्ला अदालतमा गत आवमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदको रहेका छन् ।

    विगत वर्षमा २९ जोडिले सम्बन्धविच्छेद गराएका थिए । गत आवमा यो सङ्ख्या बढेर ३५ पुगेको छ । विगतको तुलनामा गत वर्ष सम्बन्धविच्छेदको सङ्ख्या २० दशमलव ६८ प्रतिशतले वृद्वि भएको रसुवा जिल्ला अदालतले जनाएको छ ।

    यस्तै जिल्ला अदालतमा जबर्जस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण, जग्गा खिचलोजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए ।

    विगतको जिम्मेवारी सरेका र गत वर्ष दायर भएका समेत ९९ मुद्दा विचाराधीन रहेकोमा ५९ थान फछ्र्योट भइसकेको बताउँदै अदालतका श्रेस्तेदार (उपसचिव) मुना अधिकारी ढकालले ४० वटा फैसला प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिइन्।

    जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले छिटो छरितो मुद्दा फैसला गर्ने गरेका कारण न्याय सम्पादनअन्तर्गत गत असार मसान्तसम्ममा सुधार आएको अदालतका कर्मचारीले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology