Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सर्जन बिकसँग सपना मल्लको नक्कली विवाह, अढाई करोडको बीमा अनि हत्या

सर्जन बिकसँग सपना मल्लको नक्कली विवाह, अढाई करोडको बीमा अनि हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७९ शनिवार • १२:०१:५२ बजे
  • 952
    SHARES
  • सर्जन बिकसँग सपना मल्लको नक्कली विवाह, अढाई करोडको बीमा अनि हत्या

    विवाह, बीमा अनि हत्या । यो कुनै फिल्मको कहानीभन्दा कम छैन । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले एक युवकलाई बीमावापत् मोटो रकम प्राप्त गर्न शिकार बनाइएको रहस्य खोलेको छ ।

    images

    बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिक विपन्न परिवारका थिए । उनलाई डिपेन्डेन्ड भीसामा अष्ट्रेलिया लैजाने भनी संगठित गिरोहले नक्कली विवाह गराइदियो । कागजी विवाहपश्चात् नक्कली पत्नी बनिन् सपना मल्ल । उनैलाई इच्छाइएको व्यक्ति राखेर राखेर रिलाएन्स इन्सुरेन्समा बीमा गराए ।

    साँढे २ करोड रुपैयाँको बीमा थियो त्यो । उनको आम्दानी २ लाख रुपैयाँ प्रतिमहिना देखाइएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्र सर्जन र सपनाको भेट भएको थियो । यसमा संगठित समूह नै लागे । बीमा गराए । बीमा गरेको ३७ दिनमा मोटरसाइकल दुर्घटनामा सर्जनको मृत्यु भयो ।

    त्यसपछि इच्छाइएको व्यक्ति सपना मल्लले प्रहरी रिपोर्ट, मृत्यु दर्ता, दुर्घटनाको प्रमाण, विवाह दर्ता प्रमाणपत्र आदि पेश गरी बीमा दाबी गरिन् । कानूनी प्रमाण र दाबीका आधारमा इन्सुरेन्सले रकम भुक्तानी गर्यो । तर, बिमा गर्नेको ३७ दिनमै मृत्यु हुनुले बिमा कम्पनी सशंकित भयो । साँढे २ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको अवस्था थिया । सपना पतिको मृत्युले वियोगमा रहेको जस्तो देखिन्नथिइन् । बीमा कम्पनीले आशंका गर्यो ।

    अर्कोतर्फ, मोटरसाइकल दुर्घटनामा मृत्यु भएका सर्जनको लाइसेन्स नै थिएन । सर्जनलाई २ वैशाख २०७८ मा कोहलपुरमा मिनिबसले ठक्कर दिएको थियो । मिनीबस टोपबहादुर राना क्षेत्रीले चलाएका थिए । सवारी ज्यान मुद्दामा क्षेत्री २ महिना कैद सजायपछि छुटे । तर, बिमा कम्पनीको चासोका कारण सपना मल्ल निगरानीमा परिन् । मिनीबस चालक पनि निगरानीमा परे । सीआइबीले घटनाको रहस्य खोतलिरहेको थियो ।

    सपना मल्लको निकटताबारे अनुसन्धान थाल्यो । सञ्जीव अर्यालसँग उनको कुराकानी भएको पत्ता लाग्यो । अर्यालको चालक टोपबहादुर रानासँग कुराकानी भएको खुल्यो । त्यसपछि संगठित गिरोहबारे धेरै तथ्य उजागर भयो । संगठित समूहले बीमा रकम पाउन युवकलाई नक्कली विवाह गराई हत्या सम्मको घटना घटाएको रहस्य खुल्यो । यसमा मुख्य योजनाकार थिए सञ्जीव अर्याल । उनैले सपना मल्लको नक्कली विवाह सर्जन विकसँग गराएका थिए ।

    मिनीबस चालक टोपबहादुर रानालाई तयार गरी मोटरसाइकल दुर्घटना गराई हत्या गराएका थिए । घटनामा सरदार अहमद खाँ, दिपक केसी र ललिता सापकोटा पनि मतियार रहेको प्रहरीको आरोप छ । उनीहरुको संगठित योजनाको रहस्य सीआइबीले खोल्न सक्यो ।

    सञ्जीव अर्यालले योजनावद्ध तरिकाले विवाह गराउने देखि बीमा गराउने सम्मको गतिविधि गरेका थिए । हत्यापछि बीमावापत् आएको रकम आरोपीहरुले बाँडफाँड गरेको सीआइबीले जनाएको छ । सबैभन्दा बढी रकम मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार, दीपक केसीले ६० लाख, सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको खुलेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology