Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई

३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७७ शुक्रवार • १९:४६:१५ बजे
  • 1.2K
    SHARES
  • ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई

    लिभरपुलले ३० वर्षपछि इङलिस प्रिमियर लिगको उपाधि आफ्नो पोल्टामा पारेको छ। बिहिबार राति भएको खेलमा चेल्सीले म्यानेष्टर सिटीलाइ २-१ ले पराजित गरेसँगै लिभरपुलले लिगको उपाधि जितेको हो।

    images

    अंकतालिकाको शीर्षस्थानमा रहेको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि जितेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ। चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै तेस्रो स्थानको लेस्टरसँगको दुरी १ ले कम गरेको छ। चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा खेलको ३६ औं मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा अग्रता बनाएको थियो।

    खेलको ५५ औं मिनेटमा सिटीका केभीन डे ब्रुएनले बराबरी गोल फर्काए। खेलको ७८ औं मिनेटमा चेल्सीका विलियनको पेनाल्टीमा गोल गर्दै पुनः अग्रता बनाएको थियो। भीएआरबाट फर्नान्डीन्होले ह्यान्ड गरेको देखिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै चेल्सीलाई पेनाल्टी दिएका थिए। आर्सनलले साउथहेमप्टनलाइ २-० ले तथा वर्नलीले वार्टफोर्डलाइ १–०ले पराजित गरे।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology