Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साढे ५ अर्ब हिनामिना गरेको भन्दै गौतमश्री सहकारीविरुद्ध सामुहिक उजुरी

साढे ५ अर्ब हिनामिना गरेको भन्दै गौतमश्री सहकारीविरुद्ध सामुहिक उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७९ आइतवार • १७:४८:०७ बजे
  • 664
    SHARES
  • साढे ५ अर्ब हिनामिना गरेको भन्दै गौतमश्री सहकारीविरुद्ध सामुहिक उजुरी

    काठमाडौं कुलेश्वरस्थित गौतमश्री सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितले सहकारी विभागमा उजुरी दिएका छन् । आइतबार बिभागमा भेला भएर उनीहरुले सामूहिक रुपमा उजुरी दिएका हुन् ।

    images

    सञ्चालकले ७ दिनका लागि कार्यालय बन्द गर्ने भनिएतापनि सबै फरार रहेको र रकम फिर्ता नगरेको पीडितको भनाइ छ । बचतकर्ताको साढे ५ अर्ब हिनामिना भएकाले उजुरी दर्ता गरिएको पीडित विजय कुमार रञ्जीतले बताए ।

    आफुहरुले प्रमाणसमेत राखेर उजुरी गरेको र बिभागले न्याय गर्ने उनले बताए । सञ्चालक फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ ।

    बिभागले सहकारीको चल अचल सम्पती रोका गर्न अनुरोध गरेर प्रहरी अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भइसकेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology