Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमणबाट बाँकेमा एकै दिन दुई जनाले ज्यान गुमाए

कोरोना संक्रमणबाट बाँकेमा एकै दिन दुई जनाले ज्यान गुमाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • २२:४९:४० बजे
  • 874
    SHARES
  • कोरोना संक्रमणबाट बाँकेमा एकै दिन दुई जनाले ज्यान गुमाए

    कोरोना संक्रमणबाट बाँकेमा एकै दिन दुई जनाले ज्यान गुमाएका छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थए एक महिलाको मृत्यु भएको छ ।

    images
     

    मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको मंगलबार बिहान ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    फोक्सोको निमोनियाबाट ग्रसीत महिलाको स्वास्थ्यमा समस्या देखिएपछि भदौ २१ गते मेडिकल कलेज नेपालगन्जमा भर्ना गरीएको थियो ।

    उपचारकै क्रममा २२ गते स्वाव संकलन गरेर कोरोना परिक्षण गराउँदा ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपी संक्रमण पुष्टि हुनुभन्दा पहिले नै मंगलबार बिहान महिलाको मृत्यु भईसकेको श्रेष्ठले जनाएका छन ।

    यसअघि आजै बिहान अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology