Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दी र कालीगण्डकीमा बढ्यो पानीको सतह

म्याग्दी र कालीगण्डकीमा बढ्यो पानीको सतह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७९ सोमवार • ००:२६:३३ बजे
  • 1.0K
    SHARES
  • म्याग्दी र कालीगण्डकीमा बढ्यो पानीको सतह

    आज दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुवै नदीमा साबिकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई सूचित गरेको छ । पश्चिम म्याग्दी हुँदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ ।

    images

    जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका बस्तीका बासिन्दाहरू त्रसित भएका छन् । मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मङ्गला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बताए । बाबियाचौर आसपासको तटीय क्षेत्रमा आवतजावत गर्नेलाई सचेत हुनसमेत अपिल गरिएको छ ।

    त्यस्तै मुस्ताङ हुँदै बग्ने कालीगण्डकी नदीको माथिल्लो क्षेत्रमा नदीको सतह शनिबारको तुलनामा धेरै बढेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

    जिल्ला विपद् व्यवस्थापन समितिले यस अगाडि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्नेगरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने बताए पनि हालसम्म कार्यान्वयनमा आएको छैन ।

    नदीको तटीय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगङ्गा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मङ्गला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले म्याग्दी र धवलागिरि गाउँपालिकाले मुदी र मुनामा तटीय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क व्यक्ति खटाउने निर्णय गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology