Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरोले घर पुरिँदा पोखरामा एकको मृत्यु, २ घाइते

पहिरोले घर पुरिँदा पोखरामा एकको मृत्यु, २ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७९ सोमवार • १०:२८:४६ बजे
  • 718
    SHARES
  • पहिरोले घर पुरिँदा पोखरामा एकको मृत्यु, २ घाइते

    कास्की । पोखरा महानगरपालिका- ६ मा पहिरोले घर पुरिँदा एकको मृत्यु भएको छ । महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिएको हो । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार राति १ बजेतिर पहिरो झरेको थियो । उक्त पहिरोले लक्ष्मी खड्काको घर पुरिएको र सोही घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु प्रहरीको भनाइ छ ।

    पहिरोले पुरिएका सुनारको राति नै उद्धार गरि पश्चिम क्षेत्रीय अस्पता लगिएको तर अस्पतालले उनलाई करिब साढे २ बजेतिर मृत घोषणा गरेको थियो ।सुनार कास्कीकीकै माछापुच्छ्रे गाउँपालिका वडा नं.१ भुर्जुङखोला तातोपानी स्थायी बासिन्दा भएको प्रहरीले उल्लेख गरेको छ । अन्य घाइते हुनेहरुमा सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र उनकी १० वर्षीया छोरी सिम्रन सुनार रहेका छन् ।

    उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीले उद्धारको कार्य थालेको थियो ।

    उद्धारका लागि सशस्त्र प्रहरी बल कालिका गणका सशस्त्रको टोली पनि घटना स्थल पुगेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology