Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी मालिका गाउँपालिकामा पहिराले घर बगाउँदा २ जनाको मृत्यु

म्याग्दी मालिका गाउँपालिकामा पहिराले घर बगाउँदा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७९ मंगलवार • ११:१५:३२ बजे
  • 2.5K
    SHARES
  • म्याग्दी  मालिका गाउँपालिकामा पहिराले घर बगाउँदा २ जनाको मृत्यु

    म्याग्दी । मालिका गाउँपालिका–२ रुमको तामिङमा (आइतबार) बिहान पहिराले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन्। घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो।

    images

    घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ। गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन्।

    घमबहादुर, उनका श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्।स्थानीय बेपत्ताको खोजी गरिरहेका छन्। मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए।

    घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology