Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

कोसी पुरानै धारमा २० हजारभन्दा बढी मानिस प्रभावित

कोसी पुरानै धारमा २० हजारभन्दा बढी मानिस प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • १३:३३:१८ बजे
  • 487
    SHARES
  • कोसी पुरानै धारमा २० हजारभन्दा बढी मानिस प्रभावित

    अविरल वर्षासँगै सप्तकोसीमा आएको बाढीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।

    images

    झण्डै ३४ वर्षपछि कोसी पुरानै धारमा फर्किंदा उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।

    बुधबार बिहान जहाँ कोसीको बाढी पसेको छ, २०४५ सालअघि त्यही ठाँउबाट कोसी बग्थ्यो । तर, २०४५ सालको भूकम्पपछि कोसीले धार परिवर्तन गर्दै गएपछि उक्त स्थानमा बस्ती बसेको हो । अहिले कोसीले धार बदलेर पुरानै ठाँउमा आएपछि पछि बसेका बस्ती प्रभावित भएको छ ।

    उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ का अध्यक्ष टंकप्रसाद आचार्यका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ ।

    बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधेपनि बाढीले कटान गरेको छ ।

    बाढी प्रभावितहरू अहिले आफन्तका घरमा आश्रय लिइरहेको अध्यक्ष आचार्यले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्दैछ ।

  • सम्बन्धित विषय:

  • # कोसी पुरानै धारमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology