Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

हेटौंडा सडककाे देवीसाँधमा पहिरो

हेटौंडा सडककाे देवीसाँधमा पहिरो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • १३:३६:४२ बजे
  • 466
    SHARES
  • हेटौंडा सडककाे देवीसाँधमा पहिरो

    काठमाडौँ-हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत बागमती गाउँपालिका–३ देवीसाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

    images

    पहिरोले सो वडासँगै २ नं वडाको माल्टा, ४ नं वडाको प्यूटार, ५ को इकुडोल, ६ को आस्राङ, ७ को गिम्दी फापरबारी हुँदै मन्थली जाने सडकसमेत अवरुद्ध भएको स्थानीय रमेशकुमार सञ्जेलले बताए ।

    त्यस्तै विद्युत अवरुद्ध हुनुका साथै दूध र तरकारी ढुवानी पनि रोकिएको छ ।

    गाउँपालिकाबाट दैनिक काठमाडौँका बजार पुग्ने ६ हजार किलो तरकारीसमेत बेच्न नपाएर नष्ट गर्नुपरिरहेको स्थानीय शिवप्रसाद सञ्जेलले बताए ।

    साँझबाट सडक खुलाउने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।

  • सम्बन्धित विषय:

  • # देवीसाँधमा पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology