Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महाबीरले बनाए कोरोना संक्रमित बिरामीका लागि सुरक्षित बाकस

महाबीरले बनाए कोरोना संक्रमित बिरामीका लागि सुरक्षित बाकस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७७ बुधवार • ०८:२०:२८ बजे
  • 1.4K
    SHARES
  • महाबीरले   बनाए कोरोना संक्रमित बिरामीका लागि सुरक्षित बाकस

    राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कामहरु गर्दै आएको छ ।

    images
    mahabir_1.jpg

    माक्स, पीपीइ, स्वाब संकलन गर्ने सुइरो लगायतका सामग्री बनाएको केन्द्रले अहिले पुनः कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म सुरक्षित रुपमा पुर्याउने बाकस बनाएको छ ।

    केन्द्रले बिरामीहरुलाई सुरक्षित रुपमा एम्बुलेन्समा ओसारपोसार गर्न सकिने बाकस तयार पारेको जानकारी दिएको हो । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई संभावित कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

    आविष्कार केन्द्रका संस्थापक पुनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पुरा भएको जानकारी दिएका छन। उनका अनुसार यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ ।

    बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन ९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिने पुनको भनाइ छ ।

    बाकस भित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याँक्न ब्याट्रीबाट चल्ने पंखा जडान गरिएका छन । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको छ ।

    अबको केही दिन भित्रै कोरोना संक्रमित विरामीको उपचार गर्ने अस्पतालहरुलाई यो बाकस उपलब्ध गराइने अध्यक्ष पुनले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology