Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल एयरलाइन्सबाट मुम्बई उड्न लागेका दुई शंकास्पद व्यक्ति पक्राउ

नेपाल एयरलाइन्सबाट मुम्बई उड्न लागेका दुई शंकास्पद व्यक्ति पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • १७:०९:०६ बजे
  • 751
    SHARES
  • नेपाल एयरलाइन्सबाट मुम्बई उड्न लागेका दुई शंकास्पद व्यक्ति पक्राउ

    भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमानबाट दुई जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    images

     नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा थिए । श्रीमान/श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

    ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको गरिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology