Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्रोत नखुलेको ५० लाखसहित कपनवाट एक जना पक्राउ

स्रोत नखुलेको ५० लाखसहित कपनवाट एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७९ बिहिवार • १०:२७:३५ बजे
  • 592
    SHARES
  • स्रोत नखुलेको ५० लाखसहित कपनवाट एक जना पक्राउ

    कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्नरहेको आशंकामा बुधवार राती एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार सादा पोशाकमा खटेको प्रहरीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौं तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई बुधवार राति पक्राउ गरेको हो ।

    बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठमा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रुपैया बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    पक्राउ परेका घ्याल्चेन नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले उतावाट पैसा पठाउने गरेको प्रारम्भिक वयान प्रहरीलाई दिएका छन ।

    घ्याल्चेनले सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको जनाउँदै प्रहरी थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # कपनवाट एक जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology