Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको इञ्जिनबाट धुँवा निस्किएपछि....

काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको इञ्जिनबाट धुँवा निस्किएपछि....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७९ बिहिवार • ११:३४:५४ बजे
  • 790
    SHARES
  • काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको इञ्जिनबाट धुँवा निस्किएपछि....

    नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको इञ्जिनबाट धुँवा निस्किएको छ ।

    images

    उडेको केही समयमै विमानको लेफ्ट इञ्जिनबाट धुँवा निस्किएपछि विमान नेपालगञ्ज विमानस्थलमा फर्किएको छ । बिहान ९ : ४९ बजे उडेको विमानलाई नेपालगञ्जमै पूर्ण आपतकालिन अवतरण गराइएको छ ।

    क्याप्टेन रितेश कर्णले उडाएकाे विमानमा ७९ जना यात्रु सवार थिए ।

    ट्र्याक्टर चालक सुतेकै ठाउँमा मृत फेला


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

    हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताउनुभयो । “घटनाको अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ ।”

    दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताउनुभयो । हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

    किसनको शव शङ्कास्पद अवस्थामा फेला परेकाले छानविन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले माग गर्नुभयो । “बुधबार बेलुका झगडा भएको भन्ने सुन्नमा आएको छ”, उहाँले भन्नुभयो, “किसनको मृत्यु नभई हत्या भएको अनुमान गरिएको छ । यस विषयमा छानविन नगरी शव परीक्षण गर्न हुँदैन ।”

    हिङ्माङ श्रीमती र एक छोरा छन् । उनीहरु आफ्नै घर बाम्राङमा बस्दै आएको जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology