Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७९ बिहिवार • १३:२७:५३ बजे
  • 466
    SHARES
  • मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

    हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए ।

    images

    उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्याङ्क छैन । तर हाल भने दर्ता हुने र फछ्र्यौट पनि हुने गरेको छ ।

    यस आर्थिक वर्षमा दर्ता भएका सम्बन्धविच्छेदका घटना फछ्र्यौट भएको छ”, जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश पुनाराम खनालले भने, “यहाँ पनि सम्बन्धविच्छेदका घटना बढ्दो क्रममा रहेको छ ।”

    श्रेस्तेदार बडूले प्रविधिको सही उपयोग हुनुभन्दा दुरुपयोगले यस्ता घटना वृद्धि भएको बताए । उनका अनुसार जिल्लामा सम्बन्ध विच्छेदपछि अभद्र व्यवहारका घटना हुने गरेको छ ।

    त्यस्तै आव २०७८/७९ मा १५ मुद्दा दर्ता भएका थिए । एउटाबाहेक अन्य सबै फछ्र्यौट भएको अदालतले जनाएको छ ।

    अभद्र व्यवहार गर्ने मुद्दा तीन, कर्तव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका एकवटा मुद्दाको फछ्र्यौट भएको श्रेस्तेदार बडूले बताए । एउटा जबर्जस्ती करणीको मुद्दा भने फछ्र्यौट हुन बाँकी रहेको उनले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology