Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोशीमा भीषण बाढीपछि हाई अलर्ट जारी

कोशीमा भीषण बाढीपछि हाई अलर्ट जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १५:०३:१८ बजे
  • 805
    SHARES
  • कोशीमा भीषण बाढीपछि हाई अलर्ट जारी

    कोशी नदीमा भीषण बाढी आएपछि हाई अलर्ट जारी गरिएको छ । पानीको ठुलो बहाव वराहक्षेत्रमा देखिएको र कोशीमा बाढीको मात्रा बढ्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रातोपाटीलाई जानकारी दिए ।

    images

    शनिवार दिउँसो १ बजेसम्म पानीको बहाव मापन गर्दा २ लाख १० हजार क्युसेक बहाव रहेको उनले यादवले बताए । बाढीको मात्रा बढ्दै आएपनि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको कोशीको पूर्वी भागमा तत्कालै प्रभाव नपार्ने उनले बताए ।

    कोशीको श्रीलंका टापुमा भने जोखिम बढाएको र सो क्षेत्रमा बाढीले असर बढेमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी निरन्तर सम्पर्कमा रहेका छन् ।

    बाढीको जोखिम धेरै रहेको स्थानमा तत्काल उद्धारका लागि संयन्त्र व्यवस्थापन गरिएको उनले बताए । कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको वहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् ।

    बराह क्षेत्रमा देखिएको पानी कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology