Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १७:२९:४२ बजे
  • 991
    SHARES
  • थप ६६० जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा आज थप ६६० जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारएक एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४४४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology