Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिराेले डुम्रे-चामे सडक अवरुद्ध

पहिराेले डुम्रे-चामे सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७९ आइतवार • ११:०६:०७ बजे
  • 628
    SHARES
  • पहिराेले डुम्रे-चामे सडक अवरुद्ध

    अविरल वर्षाले आएको पहिराेले गएरातिदेखि डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ ।

    images

    डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराे र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिराेले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो ।

    वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

    उनका अनुसार पहिराले अवरुद्ध बनाएको सडक डोजरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ । यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो ।

    सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौं पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ ।

    त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन ।

    सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरा खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ । यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology