Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिडविरुद्धको बुस्टर मात्रा लिन आग्रह

कोभिडविरुद्धको बुस्टर मात्रा लिन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • ०९:४९:४८ बजे
  • 688
    SHARES
  • कोभिडविरुद्धको बुस्टर मात्रा लिन आग्रह

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेको व्यक्तिलाई बुस्टर मात्रा लिन अनुरोध गरेको छ ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखा प्रमुख डा. खगेश्वर गेलालले पछिल्लोपटक कोभिड संक्रमणमा परी ज्यान गुमाउनेमध्ये ७६ प्रतिशतले कोभिडविरुद्धको खोप नलगाएको पाइएको बताए ।

    वैशाख, जेठ र असारमा मृत्यु नभएका र संक्रमण पनि कम भएको अवस्था रहे पनि श्रावणको पहिलो साताबाट शुरू भएको मृत्युबाट शनिबारसम्म १८ जनाको मृत्यु भएको र तीमध्ये १४ जनाले कोभिडविरुद्धको खोप नलगाएको उनको भनाइ छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मध्ये १२ वर्षमाथि ८८ दशमलव ४ प्रतिशतले मात्र पूर्ण मात्रा लगाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology