Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

वन अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वन अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • १०:०६:०८ बजे
  • 472
    SHARES
  • वन अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    डिभिजन वन कार्यालय मुगुका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।

    images

    टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

    बुढथापासहित तत्कालीन सब–इन्जिनियर गोरसिंह बडुवाल, असिस्टेन्ट सब–इन्जिनियर हिमालकुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् ।

    उनीहरूसँग जनही ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ ५० पैसा बिगो दाबी गरिएको छ ।

    त्यस्तै, हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टंकदत्त प्याकुरेलसहित ४ जनाविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology