Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • १७:०३:३६ बजे
  • 1.1K
    SHARES
  • थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

    पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अुनसार २४ घण्टाको अवधिमा एक जनाको मृत्‍यु भएको छ । सोमबार थप कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology