Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चार सवारी एकै ठाउँमा दुर्घटना, २० जना घाइते

चार सवारी एकै ठाउँमा दुर्घटना, २० जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • १७:२९:२९ बजे
  • 1.4K
    SHARES
  • चार सवारी एकै ठाउँमा दुर्घटना, २० जना घाइते

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा चार वटा सवारी एक आपसमा ठक्कर खाएका छन् ।

    images

    दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

    त्यसपछि ट्रकले पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएर बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो ।

    त्यसपछि पुनः ट्रकले रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको ट्रकलाई पनि ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनामा विद्यार्थी, ट्रक चालक, सहचालक, कारका चालक गरी २० जनाभन्दा बढी व्यक्ति घाइते भएको र उनीहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # २० जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology