Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन समस्या : फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन समस्या : फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७९ मंगलवार • १०:४१:०३ बजे
  • 904
    SHARES
  • काठमाडौंको फोहोर व्यवस्थापनमा पुन समस्या : फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

    काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ ।

    images

    सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् ।

    काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए ।

    फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुन: समस्या देखिएको छ ।

    स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो । तर, पछिल्लो समय पुन: स्थानीयवासीले आफ्ना मागबारे बेवास्था गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology