Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुबाको बेहोसीले १५ महिने छोरीको ज्यान गयो

बुबाको बेहोसीले १५ महिने छोरीको ज्यान गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७९ मंगलवार • १२:०१:२५ बजे
  • 865
    SHARES
  • बुबाको बेहोसीले १५ महिने छोरीको ज्यान गयो

    बागलुङमा बुबाको बेहोसीका कारण १५ महिने छोरीले मृत्युवरण गरेकी छिन्। बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्नतिर जंगलमा लगेर छाडेका थिए।

    images

    चौबिस घन्टासम्म जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन्। शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जंगलमा भेटिएकी थिइन्। उद्धारपछि अस्पताल ल्याउँदाल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए। अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो।

    त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पुर्‍याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो। 'बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्। सास पनि राम्रै फेरेझैं लाग्थ्यो,' गौतमले भने, 'अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे।'

    उद्धारमा पुगेका बेनी–१ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि अनामिका फेला परेको बताए। 'अर्जमदेखि खबरा जाने सडक नजिक गैंडाराको जंगलमा भेटिएकी थिइन्। झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो। तर भित्र गम्भीर असर गरिसकेको रहेछ,' उनले भने।

    रूँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए। रातभरको वर्षाले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताए। परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीसँग दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरबाट हिँडेका थिए। त्यस दिन छोरीलाई श्रीमानको साथ लगाएर सरस्वती काममा गएकी थिइन्। परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको दैनिकी हो।

    श्रीमानले नै छोरीलाई त्यसरी अनकन्टार जंगलमा लगेर छोड्ने कुरा सरस्वतीले सोच्नसम्म नसक्ने कुरा थियो। मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्थाका कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन्। छोरीसहित घरबाट हिँडेका उनी सम्पर्कविहीन भएपछि खोजतलास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए।

    'निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरीकोमा ल्याएर छोरीकहाँ छिन् भनेर सोध्दा केही बोल्नुभएन। ठाउँ भनेको भए बचाउन सकिन्थ्यो होला। उहाँले किन त्यसो गर्नुभयो, हामी पनि अचम्ममा परेका छौं,' दीपकका भाइ गौतमले भने, 'छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला।

    भिरपहराको बाटो जोगाउँदै लगेर जंगलमा एक्लै छोडेको देखिन्छ।' बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण सानी छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुखी बनाएको छ।

    छोरी बितेपछि आमा सरस्वती विक्षिप्त छिन्। परिवार र आफन्तजन कानुनी प्रक्रिया पुर्‍याएर शव परीक्षणको पर्खाइमा छन्। दीपक भने प्रहरी नियन्त्रणमा छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology