Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीमा ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम

म्याग्दीमा ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • ०९:३१:१० बजे
  • 922
    SHARES
  • म्याग्दीमा ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम

    म्याग्दीको बेनी नगरपालिकाले ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गरेको छ । सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो ।

    images

    नगरप्रमुख सुरत केसीले स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थासहितको विवरण सङ्कलन थालेका जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधोपचार गर्न कार्यक्रम कार्यान्वन गरेका हौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा मङ्गलबारदेखि सातवटा वडामा ज्येष्ठ नागरिकको लगत सङ्कलन सुरु भएको छ ।”

    बेनी बजारभित्र पर्ने वडा नं ७ र ८ का बासिन्दाले जिल्ला अस्पतालबाट सेवा लिने गरेका छन् । वडा नं ६ मा स्वास्थ्यकर्मीको जनशक्ति नभएकाले केही दिनमा घरदैलोमा खटाउने नगरपालिकाको योजना छ ।

    ठूला वडामा एक हप्ता र साना वडामा तीनदेखि चार दिनभित्र ज्येष्ठ नागरिकको लगत सङ्कलन गरिसक्ने नगरप्रमुख केसीले बताउनुभयो । ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण सङ्कलन गर्ने स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिनेछन् ।

    स्वास्थ्यकर्मी घरदैलोमा गएको पहिलो दिनमै लुकेका स्वास्थ्य समस्या पहिचान भएको छ । वडा नं ५ पुलाचौरमा दुर्घटनामा परेर घाइते भएकी एक वृद्धाको खुट्टामा राखिएको स्टिल नझिकिएका कारण घाउ परेको अवस्थामा भेट्टाएका छन् । ती वृद्धालाई पोखरामा थप उपचारको व्यवस्था मिलाइने नगरप्रमुख केसीले बताउनुभयो ।

    लगत सङ्कलन भएपछि नसक्नेलाई घरमै र हिँड्न सक्नेलाई टोल–टोलमा चिकित्सकलाई लगेर औषधि र उपचार सेवा दिने योजना बनाएको नगरप्रमुख केसीले बताउनुभयो ।

    कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रमका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology