Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौं काँडाघारी क्षेत्रका २ सय घर डुबानमा

काठमाडौं काँडाघारी क्षेत्रका २ सय घर डुबानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • ०९:४५:२८ बजे
  • 877
    SHARES
  • काठमाडौं काँडाघारी क्षेत्रका २ सय घर डुबानमा

     मंगलबार रातिको भारी वर्षापछि आएको बाढीले काठमाडौंको काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् । बाढीले सुकुम्बासीका २ वटा टहरा बगाएको छ ।

    images

    प्रहरी प्रभागकाे किचन र बाथरुमसमेत बगाएको छ । कार्यालय भवनको एक तला बाढीले डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचरलगायतका सामान बगाएको प्रहरी प्रभागले जनाएको छ ।

    प्रहरीका अनुसार कार्यालयमा पार्किङ गरेर राखिएका २ वटा मोटरसाइकल पनि बाढीले बगाएको छ । राति ११ बजेपछि डुबान सुरु भएको प्रभागका प्रमुख प्रहरी निरीक्षक सुजन पाठकले बताए ।

    ‘हामीले मध्यरातमा मान्छेको उद्धार ग¥यौँ । डेढ सय बढी पक्की घर मात्रै डुबानमा परेका छन् । अरु छाप्रा पनि डुबेका छन्,’ उनले भने, ‘बाढीले बिजुली पनि अवरुद्ध छ ।’ क्षतिको यकिन विवरण आउन समय लाग्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # २ सय घर डुबानमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology