Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताप्तेजुङमा १४ वर्षिया बालिका बलात्कृत

ताप्तेजुङमा १४ वर्षिया बालिका बलात्कृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • १३:४७:०२ बजे
  • 763
    SHARES
  • ताप्तेजुङमा १४ वर्षिया बालिका बलात्कृत

    ताप्लेजुङ फुङलिङमा १४ वर्षिय किशोरीमाथी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    जवरजस्ती करणी अभियोगमा फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दिपेश बिकलाई प्रहरीले पक्राउ गरेको हो। झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको प्रहरीले जनाएको छ ।

    उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology