Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकैदिन ८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

एकैदिन ८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • १८:२१:३१ बजे
  • 1.1K
    SHARES
  • एकैदिन ८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

    पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७०५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७२ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५८ सय नाघेको छ ।

    मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ८८५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण तीन संक्रमितको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १४ जना संक्रमितहरु निको भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७३ हजार ८१९ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # तीनको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology