Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा

कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • २१:०१:४३ बजे
  • 631
    SHARES
  • कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा

    वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ ।

    images

    कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने अल ताक्वेत ओभरसिजमा विभागले छापा मारेको हो । अल मेनपावरबाट विज्ञापनसम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए ।

    ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो ।

    अल मेनपावरले विभिन्न व्यक्तिहरुबाट १५ लाख रुपैयाँसम्म उठाइरहेको भन्ने सूचना आएपछि छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको निर्देशक सुनुवारले बताए । अन्तर्वार्ताको लागि होटल हायातामा हल बुकिङ गरिएको थियो ।

    b1.JPG

  • सम्बन्धित विषय:

  • # कतार प्रहरीमा भर्ना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology