Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अनिल परियारको हत्याका दुई आरोपी कारागार चलान

अनिल परियारको हत्याका दुई आरोपी कारागार चलान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • २१:०७:०८ बजे
  • 1.1K
    SHARES
  • अनिल परियारको हत्याका दुई आरोपी कारागार चलान

    भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विश्व भनिने हेमन्त बास्तोला र सुनिल राउत पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

    सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोहितप्रसाद सिलवाल धरौटीमा रिहा भएका छन् ।

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सिलवाल रु २० हजार धरौटीमा छुटेका हुन् ।

    भरतपुर महानगरपालिका-१२ बस्ने अनिल परियार नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि थिए । उको गत वैशाख २५ गते स्थानीय तहको निर्वाचनका समयमा आक्रमण गरी हत्या गरिएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology