Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७९ बिहिवार • १०:३२:२७ बजे
  • 769
    SHARES
  • ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

    राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज बिहीबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएका छन्।

    images

    देशभरका हजारों नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज प्रभावित बन्न पुगेका बेला शक्ति प्रदर्शनस्वरूप पाँचवटै ट्रेड युनियन मिलेर माइतीघर मण्डलामा धर्ना दिने निर्णय भएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

    सरकारले बजेट भाषणमा घोषणा गरेको भन्दा ठीकविपरीत असमान ढंगले तलब वृद्धिगर्नलागेकोमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले अब निजामती सेवा ऐनको विषयमा माइतीघरमा शक्ति प्रदर्शन गर्न लागेको अध्यक्ष पोखरेले जानकारी दिए ।

    ‘अस्ति असन्तुष्ट कर्मचारीको आन्दोलन थियो। अब ट्रेड युनियनमार्फत् आन्दोलन अघि बढ्छु,’ उनले भने। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology