Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राह्मणले क्षेत्रीलाई जातीय विभेद गरेको घटनामा जाहेरी दर्ता 

ब्राह्मणले क्षेत्रीलाई जातीय विभेद गरेको घटनामा जाहेरी दर्ता 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७९ बिहिवार • १०:४९:२१ बजे
  • 1.7K
    SHARES
  • ब्राह्मणले क्षेत्रीलाई जातीय विभेद गरेको घटनामा जाहेरी दर्ता 

    पाल्पाकी मोना थापा (क्षेत्री)माथी ब्राह्मण जातका उहाँका श्रीमान र श्रीमानका परिवार एवं आफन्तले जातका आधारमा विभेद गरेको घटनामा आज जाहेरी दर्ता भएको छ । यसअघि पटक-पटक जाहेरी दर्ता गर्न अस्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलाक मार्फत पठाएको जाहेरी आज दर्ता गरेको हो ।

    images

    प्रत्यक्ष जाहेरी लिएर जाँदा प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि हुलाक मार्फत जाहेरी पठाउनु परेको अधिवक्ता यमकुमारी ददेलले बताउनुभयो । उहाँका अनुसार गैरदलित गैरदलित बीचकाे जातीय विभेदकाे घटनामा दर्ता भएको यो पहिलाे मुद्दा हाे ।

    'जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल' लुम्बिनी प्रदेश र 'वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल' लुम्बिनी प्रदेशको निरन्तरको दबाबपछि प्रहरीले जाहेरी दर्ता गरेको 'जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल'लुम्बिनी प्रदेश संयोजक डोलराज विश्वकर्माले जानकारी दिनुभयो । 

    यसअघि पटक-पटक "यो जातीय विभेदको घटना नै हैन" भन्दै प्रहरीले जाहेरी नलिएर फर्काईदिएको पिडित मोना थापाले बताउनुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology