Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आठ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, पाँचको मृत्यु

आठ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, पाँचको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७९ बिहिवार • १७:३५:४० बजे
  • 940
    SHARES
  • आठ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, पाँचको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो ।

    images

    दुई हजार चार सय ११ जनाको पिसीआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा चार सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

    यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार दुई सय ९५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६९ छ ।

    नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८२ पुगेको छ । होमआइसोलेशनमा पाँच हजार छ सय ७७, संस्थागत आइसोलेशन एक सय ९२, आइसीयूमा ६० र भेन्टिलेटरमा आठ जना सङ्क्रमित रहेका छन् ।

    हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् ।

    शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार नौ सय २२, ललितपुर आठ सय ६८ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पाँचको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology