Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनले बन्द गरिदियो तातोपानी नाका

चीनले बन्द गरिदियो तातोपानी नाका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७९ शुक्रवार • १०:०३:१० बजे
  • 772
    SHARES
  • चीनले बन्द गरिदियो तातोपानी नाका

    तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन ।

    images

    तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए ।

    तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए ।

    “खासा क्षेत्रमा ५८ जना कोभिड सङ्क्रमित भेटिएको भन्ने खबर आएको छ,” उनले भने । उनले पनि नाका कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको बताए। तातोपानी नाकाबाट अहिले दैनिक चारदेखि आठ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुँदै आएको थियो ।

    खासगरी स्याउ, मेसिनरी उपकरण, रोल कपडा उक्त नाकाबाट आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायतका विपत्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदै आएको छ ।

    यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # तातोपानी नाका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology