Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झापा र पाल्पामा डुबेर ३ बालबालिकाको मृत्यु

झापा र पाल्पामा डुबेर ३ बालबालिकाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७९ शुक्रवार • १०:०५:३१ बजे
  • 829
    SHARES
  • झापा र पाल्पामा डुबेर ३ बालबालिकाको मृत्यु

    झापा र पाल्पामा डुबेर ३ बालबालिकाकाे मृत्यु भएकाे छ । झापाकाे शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका २ बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको हाे ।

    images

    आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

    बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवार र प्रहरीले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा गए राति सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिए ।

    उता पाल्पाकाे रैनादेवीछहरा गाउँपालिका–१ मा पौडी खेल्ने क्रममा डुबेर गए राति १ जनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको मृत्यु भएको हो ।

    डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए । रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology