Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आत्मदाह प्रयास गरेकी निहारिका त्रिवि शिक्षण अस्पताल भर्ना

आत्मदाह प्रयास गरेकी निहारिका त्रिवि शिक्षण अस्पताल भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७९ शुक्रवार • २२:२२:२७ बजे
  • 883
    SHARES
  • आत्मदाह प्रयास गरेकी निहारिका त्रिवि शिक्षण अस्पताल भर्ना

    पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी महोत्तरीकी निहारिका राजपुतलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

    images

    आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले शुक्रबार दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।

    निहारिकाले शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन पाएको थिएन । त्यसपछि प्रहरी वृत्त महाराजगञ्जमा राखेर केही बेरमा उनको स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

    स्वास्थ्य जाँचपछि निहारिकालाई अस्पताल भर्ना गरिएको महाराजगञ्ज बृत्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले बताए ।

    ‘घटनास्थलबाट उठाएर उहाँलाई केहीबेर प्रहरी वृत्तमा राखेका थियौं, त्यसपछि स्वास्थ्य जाँच गर्न अस्पताल लगिएकोमा चिकित्सकसँगको परामर्शपछि हाललाई अस्पताल भर्ना गरिएको छ,’ डीएसपी जिसीले भने ।

    महोत्तरीको जलेश्वर नगरपालिका(९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठ भन्ने व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबी गर्दै आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेर २०७९ जेठ २७ देखि धर्ना र अनसन बसेकी थिइन् । उनका एक छोरा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology