Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा मदिरा उत्पादन गर्ने ८ नेपालीलाई देश निकाला

कुवेतमा मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपाली पक्राउ

कुवेतमा मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपाली पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७७ बिहिवार • ०३:३१:०९ बजे
  • 2.3K
    SHARES
  • कुवेतमा मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपाली पक्राउ
    कुवेतमा मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपाली पक्राउ परेका छन् । कुवेतको अहमादी प्रहरी सुरक्षाकर्मीले कुवेतको महाबुल्ला भन्ने ठाउँमा नेपालीहरु द्वारा सन्चालन गरिएको घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने ८ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    कुवेतको अरब टाइम्स अनलाइनमा ९ सेप्टेम्बर २०२० का दिन प्रकाशित समाचारमा तीन वटा अपार्टमेन्ट भाडामा लिएर मदिरा उत्पादन केन्द्र संचालन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाए पनि पक्राउ पर्नेहरुको परिचय र अन्य बिबरण भने खुलाईएको छैन ।

    अरब टाइम्स अनलाइनको समाचारमा भनिएको छ "अबैधानिक काम गरिरहेको सुचनाका आधारमा कुवेत प्रहरिले  घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मारेको हो । घरेलु मदिरा उत्पादन केन्द्रबाट मदिरा उत्पादनमा प्रयोग गरिने  उपकरणहरु र ठूलो संख्यामा तयारी अबस्थामा रहेको मदिरा समेत जफत गरिएको छ । उनीहरुलाई कानुनी प्रकृया पूरा गरि डिपोर्टेशन सेन्टरमा पठाइने र  देश निकाला (डिपोर्ट) गरिने छ ।

    -हरीकृष्ण न्याैपाने

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology