Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महाकालीमा २ किशोरी बगेर बेपत्ता, कालीगण्डकीमा एक वृद्ध बगे

महाकालीमा २ किशोरी बगेर बेपत्ता, कालीगण्डकीमा एक वृद्ध बगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७९ शनिवार • ०९:५९:२१ बजे
  • 862
    SHARES
  • महाकालीमा २ किशोरी बगेर बेपत्ता, कालीगण्डकीमा एक वृद्ध बगे

     महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

    images

    शुक्रबार दिउँसो एक बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट उनीहरू नदीमा बगेका थिए । दिउँसै बगेर बेपत्ता भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका मात्र खबर गरिएको जनाइएको छ ।

    किशोरी बेपत्ता भएकाे खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत थप बुझ्नका लागि घटनास्थल पुगेका छन् ।

    कालीगण्डकीमा वृद्व बगे

    यसैगरी, तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्व समेत बगेका छन् । दोलखाकाे बैधेश्वर गाउँपालिका–३ घर भएका ७६ वर्षीय जङ्गबहादुर खड्का देवघाटबाट बगेर नदीमा बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कालीगण्डकी किनारमा नुहाउने क्रममा उनलाइ अचानक नदीले बगाएकाे थियाे । वृद्ध बेपत्ता भएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरेकाे तर फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

    शुक्रबार साँँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा पनि फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology