Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ

श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७९ शनिवार • १०:३८:२६ बजे
  • 991
    SHARES
  • श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ

    श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    images

    पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

    घटनाको थप अनुसन्धान भइरहेको कार्कीले बताए । प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ ।

    गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology