Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच

डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७९ आइतवार • ०९:५१:०३ बजे
  • 649
    SHARES
  • डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच

    नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ ।

    images

    पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन ।

    दोस्रो खेलमा उपलब्ध भएकी दीपाले पहिलो एघारमै पूरा समय मैदान बिताइन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी दीपा प्लेयर अफ दी म्याच घोषित भइन् । दीपाले पहिलो खेल राम्रो भएको र अन्य खेलमा समेत मेहनत गर्ने बताइन् ।

    ‘डेब्यु खेलमै प्लेयर अफ दि म्याच भए । निकै खुसी छु। आगामी खेलमा मेहनत गर्दै सत प्रतिशत नतिजाको लागि खेल्नेछू’, दीपाले भनिन् । इमिरेट्सले खेलमा अग्रता बनाएपनी जोगाउन सकेन ।

    बस्कोको जितमा दीपा सहित प्रेस्माले दुई गोल गरिन् । यस्तै, पुष्पाले अर्को गोल थपिन् । इमिरेट्सको लागि अनिथा र अल्फोन्सियाले एक एक गोल गरे । यस संगै बस्कोले दुई खेलबाट तीन अंक जोडेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology