Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशका ६ जिल्लामा ४९ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशका ६ जिल्लामा ४९ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७७ बिहिवार • १२:३३:५६ बजे
  • 1.1K
    SHARES
  • गण्डकी प्रदेशका ६ जिल्लामा ४९ जना कोरोना संक्रमित थपिए

    गण्डकी प्रदेशका ६ जिल्लामा ४९ जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार कास्कीमा १९, बाग्लुङमा ९, तनहुँमा ३, पर्वतमा १, स्याङ्जामा १२ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    images
     

    यो रिपोर्ट पोखरास्थित क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणबाट प्राप्त भएको हो । संक्रमित मध्ये सबैभन्दा धेरै देखिएको कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १५, ३२, २५, ८, ५ र १९ का रहेका छन्। वडा ८ मा सबैभन्दा धेरै १३ जना संक्रमित फेला परेका छन्।

    संक्रमितहरु ९ वर्षीय बालकदेखि ५० वर्ष उमेर समुहका रहेका छन्। त्यस्तै स्याङ्जाको पुतलीबजारको ७ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ। उनिहरु २५ वर्ष देखि ६० वर्ष उमेर समुका रहेका छन्।

    बाग्लुङ्को गल्कोेट र जमैनीको १, १ जना पुरुष र बरेङका ५ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। तनहुँको भिमाद नगरपालिका १ का ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

    त्यस्तै नवलपरासी कावासोती वडा नम्बर ८ र १७ का १, १ जना महिला, १६ का १ जना बालक, १ जना महिला र देवचुली नगरपालिका १६ का १ जना ४ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology