Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अबको ३ दिन ठूलो पानी पर्दैन : मौसमविद्

अबको ३ दिन ठूलो पानी पर्दैन : मौसमविद्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • ०९:५२:१४ बजे
  • 760
    SHARES
  • अबको ३ दिन ठूलो पानी पर्दैन : मौसमविद्

    काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश क्षेत्रमा बिहादैदेखि घाम लागेको छ ।

    images

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, प्रदेश–१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ ।

    बाँकी ठाउँको मौसम खुलेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको र बाँकी प्रदेशका केही ठाउँमा सामान्य बदली हुने महाशाखाले जनाएको छ ।

    राति भने पूर्वी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । आउँदो ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको हो ।

  • सम्बन्धित विषय:

  • # मौसमविद्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology