Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४१ प्रतिशत जनसङ्ख्यामा पुग्यो बीमा

४१ प्रतिशत जनसङ्ख्यामा पुग्यो बीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • ११:२२:०९ बजे
  • 1.1K
    SHARES
  • ४१ प्रतिशत जनसङ्ख्यामा पुग्यो बीमा

    पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ ।

    images

    एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच ९म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित० ४१.२० प्रतिशत पुगेको हो ।

    आव २०७७\७८ को तुलनामा गत आर्थिक वर्ष १३.६८ प्रतिशतले बीमा पहुँच बढेको हो । २०७८ को असार मसान्तसम्ममा बीमाको पहुँच २७.५२ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो ।

    आव २०७८र७९ को असार मसान्तसम्ममा जीवन बीमालेखको सङ्ख्या पनि ५२ प्रतिशतले बढेको छ । २०७९ को असारसम्म यस्तो जीवन बीमालेख एक करोड ३० लाख ९९ हजार ६३२ रहेको छ ।

    २०७८ को असारमा जीवन बीमालेख ८६ लाख १२ हजार ८५० रहेको थियो । यस्तै निर्जीवन बीमा लेख सङ्ख्यामा भने २.०६ प्रतिशतको मात्रै वृद्धि भएको छ ।

    २०७९ असार मसान्तसम्ममा २७ लाख ८८ हजार १८ रहेको निर्जीवन बीमालेख २०७८ असारमा २७ लाख ३१ हजार ७७३ रहेको थियो ।

    यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # ४१ प्रतिशत जनसङ्ख्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology