Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाजुभाइले गरे बहिनीको प्रेमीको हत्या

दाजुभाइले गरे बहिनीको प्रेमीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • १८:०७:०० बजे
  • 760
    SHARES
  • दाजुभाइले गरे बहिनीको प्रेमीको हत्या

    बारामा दुईजना दाजुभाइ मिलेर आफ्नी बहिनीको प्रेमीको हत्या गरेका छन् ।

    images

    प्रहरीका अनुसार बहिनीसँग प्रेम सम्बन्धमा रहेको भन्दै दुई दाजुभाइले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर–५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेका हुन् ।

    हत्या गर्ने दुबै सोही गाउँपालिका वडा नम्बर–५ इटियाही टोलकै २८ वर्षीय उत्तम पटेल र निजकै दाजु ३० वर्षीय प्रितम पटेल रहेका प्रहरीले जनाएको छ । गत २४ साउनमा मृतक ठाकुर ट्युशन पढ्न पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवातर्फ साइकलमा गएका थिए ।

    त्यसपछि सम्पर्कविहीन भएका उनलाई २७ साउनमा नगवामा टेलर सञ्चालन गरी बस्दै आएका दुबै दाजुभाइले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीको दाबी छ ।

    हत्यापछि शवलाई बोरामा राखेर ना ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा बोकेर भारतको रक्सौल रेल्वे स्टेशनमा लगि रोकी राखेको मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली स्थानमा छाडेर फर्केको प्रहरीले जनाएको छ ।

    बारा प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारत विहार, भागलपुरबाट शव बुझेर अनुसन्धान गर्दा हत्या गर्ने दुबै दाजुभाइलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डीएसपी राजेश थापाले जानकारी दिए ।

    पक्राउ परेका दुवै जनाले बहिनीसँग प्रेम सम्बन्ध राखेका कारण ठाकुरको हत्या गरेको स्वीकारसमेत गरेको डीएसपी थापाले बताए । पक्राउ परेका दुबै जना दाजुभाइलाई अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अघि बढाइएको थापाले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology