Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकैदिन ८८८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

एकैदिन ८८८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • १८:१२:०७ बजे
  • 685
    SHARES
  • एकैदिन ८८८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

    पछिल्लो २४ घण्टा अर्थात एकैदिन थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वास्थ्य परीक्षण गर्दा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    ३ हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षण गर्दा ४६१ जना गरी कूल ८८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको निधन भएको छ भने ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # एकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology