Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी घातक विषादी

काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी घातक विषादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७९ बुधवार • १०:४३:४० बजे
  • 1.2K
    SHARES
  • काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी घातक विषादी

    काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ ।

    images

    कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।

    केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कालीमाटीको विश्लेषण एकाइमा गत आर्थिक वर्ष २०७८\७९ मा दुई हजार ८८३ वटा नमुनाको परीक्षण गरिएकोमा ४६ वटामा अत्यधिक विषादी अवशेष भेटिएको हो ।

    परीक्षण गरिएका नमुनामध्ये तोरीको साग, काउली, हरियो खुर्सानी, गोलभेँडामा सातरसात वटा खान नहुने विषादीको अवशेष भेटिएको थियो । यस्तै तुनेबोडीमा पाँचवटा, काँक्रो र घिउ सिमीमा तीनरतीनवटा, भेँडेखुर्सानी र गाँजरमा दुईरदुई वटा, हरियो फर्सी, बन्दा सलगममा एक÷एक वटामा विषादीको अवशेष भेटिएको थियो ।

    यी तरकारीमा विषादीको रोकावट दर ४५ देखि १२० प्रतिशतसम्म थियो । यस्तै सो अवधिमा २९ किसिमका तरकारीमा केही दिन पर्खेर पुनः परीक्षणमा रिपोर्ट ठीक भएमा खान मिल्ने विषादीको अवशेष भेटियो ।

    यो भनेको विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत हो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology